श्री पञ्चकुमारी मन्दिर, श्री पञ्चकुमारी समाजले संरक्षण गर्दै आइरहेको छ। २०८० साल कृष्ण अष्टमीका दिन श्री पञ्चकुमारीको नयाँ मन्दिर तथा समाजको नयाँ भवनको उद्घाटन वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले गर्नु भएको हो । मन्दिर परिसरमा नयाँ समाजको भवन, व्याडमिन्टन कवर्ड हल, कृयापुत्री भवन, पानी पँधेरो, बगैंचा आदि छन् जसको व्यवस्थापन श्री पञ्चकुमारी समाजले गर्दै आइरहेको छ । यो मन्दिर समाजमा बस्दै आएका हिन्दु भक्तजनहरुको आशाको केन्द्र हो । यस मन्दिरमा दिनहुँ भजन किर्तन हुन्छ । नव गठित श्री पञ्चकुमारी समाजको कार्य समितिले मन्दिर लाई अझ आकर्सित र भक्तिमय बनाउन अथक प्रयास गरिरहेको पाइन्छ । जय माता पञ्चकुमारी ll
Hindu temple
Pancha Kumari Temple, Sinamangal-9, Kalimatidole, Kathmandu 44600, Nepal
Leave a Reply