वैदेशिक रोजगार ऐन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम भयो । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागका रुपमा २०६५ पुस १६ गते अलग गरी स्थापना गरियो ।
विभागको प्रमुख कार्यहरु :-
नीतिगत कार्य :
१. वैदेशिक रोजगार सम्बन्धी ऐन, नियम, निर्देशिका,कार्यप्रणाली सम्बन्धी नीतिगत कार्य ।
२. वैदेशिक रोजगार सम्बन्धी गन्तव्य मुलुकसँग श्रम सम्झौता सम्बन्धी कार्य ।
३. सरोकारवाला राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँग सहकार्य ।
४. वैदेशिक रोजगार र अन्तर्राष्ट्रिय आप्रवासन सम्बन्धमा समन्वय र सहकार्य ।
Government office,State employment department
Department of Foreign Employment, Kathmandu 44600, Nepal
Leave a Reply