तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र सरकारबाट निर्देशन बक्स भए बमोजिम मौरीपालन कार्यक्रमलाई कृषि विभाग अन्तर्गत केन्द्रीयस्तरको कार्यालयको रुपमा “मौरीपालन केन्द्र” को नामबाट आ.व.२०४२/०४३ मा गोदावरीमा स्थापना गरिएको हो । पछि कार्यालयको काम प्रकृति र उद्देश्यलाई दृष्टिगत गरी आ.व. २०४९/०५० मा “मौरीपालन केन्द्र” को नाम परिवर्तन गरी “मौरी विकास कार्यक्रम” राखियो । पुनः आ.व.२०५२/०५३ मा यस कार्यालयलाई व्यावसायिक कीट विकास निर्देशनालयको मातहतको शाखाको रुपमा स्थापित भई “मौरी विकास शाखा” भनेर नामाकरण गरियो । कृषि तथा पशुपन्छी विकास मन्त्रायलय, कृषि विभागको वर्तमान नया“ संरचना अनुसार यस शाखाको परिमार्जित नाम “मौरी विकास केन्द्र” रहेको छ ।
Government office
H9XH+9V Apiculture Development Centre, Godawari 44709, Nepal
Leave a Reply